कमल थापालाई दुई राष्ट्रिय उपाधि

काठमाडौँ, ८ कात्तिक : कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जितेका हुन् ।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे ।

महिला सिङ्गल्सको उपाधिका लागि अभिलाशा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिलाषाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् ।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका विष्टमाथि ६–० र ६–१ को जित निकालिन् । पुरुष सिङ्गल्समा राजवीर प्रधान र ऋतिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा ऋतिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् । 

पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएका हुन् ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराए । यु–१२ उमेरसमूहको गल्र्स सिङ्गल्समा अनुश्री धोजु र ब्वाइज सिङ्गल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गल्र्स सिङ्गल्समा नैरा घलेले फाइनलमा रजिशा जोशीलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिङ्गल्समा शिभाली गुरुङ च्याम्पियन भइन् ।

उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् । गल्र्सकै यु–१० उमेरसमूहको सिङ्गल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेरसमूहको सिङ्गल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।

नेपाल प्रिमियर लिग :  दक्षिण अफ्रिकाका लेजेन्ड जोन्टी रोड्स पोखरा एभेन्जर्ससँग ३ वर्षको सम्झौतासहित आवद्ध

नेपाल प्रिमियर लिग : दक्षिण अफ्रिकाका लेजेन्ड जोन्टी रोड्स पोखरा एभेन्जर्ससँग ३…

पाकिस्तानका  ४२ जना क्रिकेटरमा  नेपाल प्रिमियर लिग खेल्ने चाहना(सुचिसहित)

पाकिस्तानका ४२ जना क्रिकेटरमा नेपाल प्रिमियर लिग खेल्ने चाहना(सुचिसहित)

भारत र न्युजिल्यान्डको दोस्रो टेस्ट क्रिकेटमा दर्शकका लागि पिउने पानीको समस्या,  २० जना समर्थकलाई अस्पताल भर्ना

भारत र न्युजिल्यान्डको दोस्रो टेस्ट क्रिकेटमा दर्शकका लागि पिउने पानीको समस्या, …

नेपाल प्रिमियर लिग : अमेरिकाका जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट खेल्ने

नेपाल प्रिमियर लिग : अमेरिकाका जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट खेल्ने

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

वार्नरमाथि लगाएको आजीवन कप्तानीमाथि लगाएको प्रतिबन्ध साढे ६ वर्षपछि फुकुवा

वार्नरमाथि लगाएको आजीवन कप्तानीमाथि लगाएको प्रतिबन्ध साढे ६ वर्षपछि फुकुवा

श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता  गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा

श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गर्दै घरेलु टोली नेपाल समूह विजेताको…

माल्दिभ्सको पोस्टमा  भुटानकाे १३ गोल

माल्दिभ्सको पोस्टमा भुटानकाे १३ गोल