बर्गर खाएपछि अमेरिकामा ई. कोलाई भाइरसका कारण दर्जनौं मानिस बिरामी

अमेरिकाका धेरै राज्यमा दूषित खानेकुरामा पाइने ई. कोलाई भाइरसका कारण दर्जनौं मानिस बिरामी परेका छन् । म्याकडोनाल्डको बर्गर खाएपछि धेरै प्रान्तमा मानिस बिरामी परेको बताइएको छ ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को रिपोर्ट अनुसार म्याकडोनाल्डको क्वार्टर पाउन्डर ह्याम्बर्गर खाने मानिसहरु ई कोलाई भाइरसबाट संक्रमित भएकाे उल्लेख गरिएकाे छ ।

हाल कोलोराडो र नेब्रास्कामा पनि यो भाइरस बढी फैलिएको छ तर अन्य धेरै राज्यहरूमा पनि यसका बिरामीहरू देखिएका छन्। यो भाइरसका कारण एक जनाको मृत्यु भएको छ । ई. कोलाई भाइरस के हो, यसका लक्षण र बच्ने उपायहरू जानौं।

ई. कोलाई भाइरस के हो ?

ई. कोलाईले नपाकेको र दूषित खानाबाट मानिसलाई भाइरस सार्छ । यो भाइरसले ०५७:एच ७ स्ट्रेन नामक गम्भीर रोग पनि निम्त्याउने भनिएको छ। यसअघि पनि सन् १९९३ मा नपाकेको बर्गर खाँदा चार बालबालिकाको मृत्यु भएको थियो । ई. कोलाई भाइरसको संक्रमणले पेटमा असर गर्छ।

ई. कोलाई भाइरसलाई आन्द्राको कीटाणु भनिन्छ जुन काँचो तरकारीमा टाँसिन्छ। यो प्रायः काँचो मासु, काँचो तरकारी, काँचो दूध र काँचो फलहरूमा पाइन्छ। यिनीहरूलाई राम्ररी धोएर सफा गरिएन भने ई. कोलाई ब्याक्टेरिया पेटमा प्रवेश गर्छ र पेट खराब हुन्छ।

ई. कोलाई भाइरसको लक्षण र रोकथामका उपायहरू
ई कोलाई भाइरसले बिरामीको पाचन प्रणालीलाई नष्ट गर्छ। मानिसको पाचन प्रणालीमा यसको प्रभाव यो संक्रमणबाट पीडित भएको तीनदेखि चार दिनभित्रै देखिन्छ । समयमै उपचार नपाए अवस्था बिग्रन सक्छ । यसमा पहिले बिरामीको पेट दुख्ने गर्छ । यो दुखाइ बढ्दै जान्छ र बिरामीलाई पखाला लाग्न थाल्छ। यसबाट बिरामीलाई बान्ता हुन थाल्छ ।

ई. कोलाईबाट बच्ने एउटै उपाय भनेको खाना र तरकारीलाई राम्ररी सफा गरेर राम्ररी पकाउनु हो। कम पकाएको र काँचो खानेकुरा खानु हुँदैन । पकाएको खानालाई दुई घण्टा भित्र फ्रिजमा राख्नुपर्छ, काँचो तरकारी र मासु खानु हुँदैन। काँचो दूध र दुग्धजन्य पदार्थ पनि खाँदा होसियार हुनुहोस्। खाना पकाउनु अघि साबुन पानीले हात धुनुहोस्।