चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी

काठमाडौँ, ८ कात्तिकः नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा चिनियाँ मिडिया गु्रप नेपाली विभागले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शनी गरेको छ  ।

नेपाल र चीनबीच सन्  १९५५ अगस्ट १ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा वृत्तचित्र प्रदर्शनीमा राखिएको चिनियाँ मिडिया गु्रपका विदेशी विशेषज्ञ चेतनाथ आचार्यले जानकारी दिनुभयो । दुई देशबीचको कूटनीतिक सम्बन्ध एवं सहकार्यले नेपालको समाजिक–आर्थिक विकासका अलवा पूर्वाधार निर्माण, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको आचार्यको भनाइ थियो । 

नयाँ बानेश्वरको एम्बिसन एकेडेमीमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकलगायतको समेत उपस्थिती थियो ।