अवैध सुनसहित दुई भारतीय नागरिक न्युरोडबाट पक्राउ

अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्युरोडबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कलकत्ता घर भएका ३५ वर्षीय प्रशान्तिज बेरा र ३० वर्षीय आनन्द साहु छन्। 

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडबाट बुधबार पक्राउ गरेको हो। उनीहरुबाट ११६.४५ ग्राम सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए।

शङ्कास्पद तवरले न्युरोडमा हिँड्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीबाट बिल बिनाको उक्त सुन बरामद भएको थियो। पक्राउ परेकाहरूलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ।