रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरूकाे कास्कीमा बैठक

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरू अहिले कास्कीमा बैठक गरिरहेका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर र पोखराको केही स्थान आन्दोलन गर्ने तयारीबारे जुट्न उपलब्ध जिम्मेवार सदस्यहरूको बैठक राखेको नेताहरूले बताएका छन् ।

रास्वपाका सांसद हरि ढकालका अनुसार शुक्रबारको आन्दोलन अझ व्यापक बनाउने गरी छलफल जारी छ । उनले भने, ‘हामी सहकारी पीडितलाई न्याय दिन्छौँ । र, हाम्रो पार्टी सभापतिलाई पनि न्याय दिलाएरै छोड्छौँ ।’

थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता तथा नेताहरू थप आक्रोशित समेत बनेका छन् । उनीहरूले आक्रोशित भएर कास्कीमा निषेधित क्षेत्रसमेत तोडेका छन् ।