नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

 दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

 

लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

मृतक कृष्टी चौधरी कक्षा ८ मा, झरना चौधरी कक्षा ४ र निशा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।