च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली कप्तान एन्जिला र सावित्रा पहिलो रोजाइमा

सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली कप्तान एन्जिला तुम्बापो सुब्बा र फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सुरुवातदेखि नै मैदान उत्रिने भएका छन् । उनीहरूले माल्दिभ्सविरुद्धको खेल खेलेमा थिएनन् ।  

आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गरेको छ । आज गोलरक्षक अञ्जना राना मगर, डिफेण्डर निशा थोकर, मिडफिल्डर विमला चौधरी र फरवार्ड रश्मीकुमारी घिसिङलाई सुरुवाती रोजाइमा राखिएको छैन ।  

उनीहरूलाई विश्राम दिँदा एन्जिला र सावित्रासहित डिफेन्डर अमृता जैशी र फरवार्ड अमिशा कार्की सुरुवाती इलाभेनमा परेका छन् ।

पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले हराएको थियो । नेपाललाई सेमिफाइनल पुग्न श्रीलंकाविरुद्ध बराबरी खेले पुग्छ ।

समूह विजेता बन्न नेपालले श्रीलंकालाई कम्तीमा ६ गोल अन्तरले हराउनुपर्ने समीकरण बनेको छ । समूह ‘बी’ बाट भुटानले सेमिफाइनलको यात्रा गरिसकेको छ ।

नेपालको सुरुवाती–११ : अन्जिला तुम्बाप्पो सुब्बा (कप्तान) , सावित्रा भण्डारी, विमला बिक, रेनुका नगरकोटे, सरु लिम्बू, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी र सविता रानामगर ।