रास्वपाका नेताकार्यकर्ताहरूले तोडे निषेधित क्षेत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन् ।

बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् 

वाई चोकमा प्रदर्शन गरिरहेका उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् । त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ ।