नेप्से : १८.२५ अंकले घट्याे, ५ अर्ब ४१ करोड रुपैयाँ बराबरकाे काराेबार

 साताको अन्तिम कारोबार दिन सेयर बजार १८.२५ अंकले घटेर २६२७.१४ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा सामान्य गिरावट आउँदा रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनआइबिएल सम्वृद्धि फण्डको ५.७३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.९० प्रतिशत, गुडविल फाइनान्सको ४.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यस दिन सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड ३१ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सहास उर्जाको २४ करोड ९३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तैयस दिन  आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख ७९ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको २४ करोड ५५ लाख २४ हजार रुपैयाँ, सम्वृद्धि फाइनान्सको १९ करोड ७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।