लुम्बिनी प्रदेश नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बिहीवा बिहान बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ लिए ।

नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली काँग्रेस र अग्रवाल अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य छन् ।

 लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, काँग्रेसका पाँच र जसपाका एक जना गरी ११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।