त्रिभुवन विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १४ घन्टा मात्रै खुला रहने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ । विमानस्थल विस्तारको काम अघि बढाउन दैनिक १० घण्टा बन्द गर्न लागिएको हो । 

अहिले दैनिक २२ घण्टा विमानस्थल सन्चालन भैरहेको छ । कात्तिक २३ गतेबाट भने बिहान ८ देखि रातको १० बजेसम्म मात्र संचालन हुने विमानस्थल सुरक्षा समितिले जनाएको छ । 

आज बिहान बसेको समितिको बैठकले गरेको उक्त निर्णय आगामी चैत्र १८ गतेसम्म कायम रहने जानकारी गराइएको छ । यो अवधिमा राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल पूर्णरुपमा बन्द रहनेछ ।