माल्दिभ्सविरुद्ध भुटानकाे पहिलो हाफमा नै ६–० गाेलको फराकिलो अग्रता

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा माल्दिभ्सविरुद्ध भुटानले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा भुटानले माल्दिभ्सविरुद्ध ६–० को फराकिलो अग्रता बनाएको हो। भुटानका लागि पेमा छोदेन छिरिङ र डेकी लाजोमले समान दुई गोल गरे। सोनाम छोदेन र नाम्गेल डेमाले समान एक गोल गरे। 

तेस्रो मिनेटमा सोनाम छोदेनको पेनाल्टी प्रहार मालदिभ्सकी गोलरक्षक अमिनाथ लिजाले जोगाईन्।  पाचौँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाइन्। 

खेलको आठौँ मिनेटमा पेमा छोडेन छिरिङले तिन डिफेन्डरलाई बिट गर्दै बललाई पोष्टको जाली चुमाईन्। 

खेलको १५ औँ मिनेटमा मालदिभ्सका डिफेन्डरबीच तालमेल नमिल्दा डेकी लाजोमले गोल गर्दै भुटानलाई ३–० को अवस्थामा ल्याइन्। १८ औँ मिनेटमा कप्तान पेमा छोडेनले गोल गर्दै भुटानलाई ४–० को अग्रता दिलाइन्। 

१९ औँ मिनेटमा डेकी लाजोमले गोल गरिन्। ४१ औँ मिनेटमा नाम्गेल डेमाले गोल गर्दै भुटानलाई ६–० को अवस्थामा ल्याइन्।