नेपाल प्रिमियर लिग : लुम्बिनी लाइन्सकाे मुख्य प्रशिक्षकमा नन्दन फाडनिस नियुक्त

 नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लाइन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

लुम्बिनीले फाडनिशलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।राष्ट्रिय टिमका सल्लाहकार कोचसमेत रहेका फाडनिशलाई कुशल रणनीति बनाउन सक्ने कोच मानिन्छ ।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले यसअघि इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई भित्र्याएको छ ।