विश्वकप लिग–२ सिरिजका लागि अमेरिकी टिम घोषणा

आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजका लागि आयोजक अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । 

अमेरिकाले ब्याटर आरोन जोन्स र तीव्र गतिका बलर अलि खानलाई भने टिममा मौका दिएन । उनीहरूले हालै नेपालसँगको टी–२० सिरिजमा खराब प्रदर्शन गरेका थिए । अलि र जोन्सको स्थानमा शेडले भ्यान शाल्कविक र स्मिथ पटेलले मौका पाएका छन् । 

लिग–२ सिरिजमा अमेरिकाले भोलि (शुक्रबार) स्कटल्याण्डसँग खेल्नेछ । यस्तै, नेपालले पहिलो खेलमा ११ कात्तिकमा अमेरिकासँग खेल्ने तालिका छ । यस्तै, नेपालले कात्तिक १३ मा स्कटल्याण्डसँग तथा कात्तिक १७ मा अमेरिकासँग खेल्नेछ ।

श्रृंखलाको अन्तिम तथा चौथो खेलमा नेपालले कात्तिक १९ मा स्कटल्याण्डको सामना गर्ने तालिका छ ।   

लिग–२ का अमेरिकाको टिम : मोनांक पटेल (कप्तान), सौरभ नेत्रावल्कर, एन्ड्रिज गौस, साइतेजा मुक्कामला, जसदीप सिंह, नोस्थुस केन्जिगे, शेडले भ्यान शाल्कविक, सायन जाहाँगिर, हरमीत सिंह, स्मिथ पटेल, सुशान्त मोदानी, मिलिन्द कुमार, उत्कृष श्रीवास्तव, यासिर मोहम्मद र जुवनोय ड्रासडेल ।