अभियन्ता रुवि खान पक्राउ

अभियन्ता रुवि खान पक्राउ परेकी छन्।

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलन गर्दै आएकी अभियन्ता खान शीतलनिवास अगाडिबाट पक्राउ परेकी हुन्।

राष्ट्रपति भवन शीतलनिवास छिर्न खोजेपछि खानसहितका आन्दोलनकर्तालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

निर्मला कुर्मीको न्यायका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग गुहार माग्न शीतलनिवास छिर्न खोज्दा खानसहितका आन्दोलनकर्मी पक्राउ परेका हुन्।