१८ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा युवक पक्राउ

बर्दियामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८, ककौरा झनैया टोलका २२ वर्षीय विक्रम भण्डारी छन् ।

१८ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको असोज २७ गते भण्डारीले बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।