बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज बिहानैदेखि सरकारी स्वामितवको नेपाल दूरसञ्चार कमपनी (टेलिकम)को नेटर्वकमा समस्या देखिएको हो ।

टेलिकमको सेवामा समय–समयमा समस्या आउने गर्छ । तर, टेलिकम नेतृत्वले अहिलेसम्म समस्या समाधानमा चासो देखाएको छैन । जसकारण, सेवाग्राही लगातार हैरानी खेप्न बाध्य भएका छन् ।

बिहानैदेखि टेलिकमको नेटवर्कमा समस्या आउँदा पनि कम्पनीको नेतृत्वले अहिलेसम्म समाधान गर्न सकेको छैन । नेपाल टेलिकमका सिमबाट फोन गर्दा नलागेपनि म्यासेज भने जान्छ ।