लगातार रेकर्ड बनाएको सुनको मूल्य एक सातापछि घट्यो

काठमाडौँ, ८ कात्तिकः पहेलो धातु सुनको मूल्य घटेको छ। लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको हो । एक साता यता, दिनहुँ उकालो लागेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। महासंघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। 

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

सुनको भाउ घटेसँगै बिहीबार चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा किनबेच भइरहेको छ।