युनाइटेड अजोड इन्स्योरेन्सका सिईओ रावलको निधन

काठमाडौँ, ८ कात्तिकः युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको छ । रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार निधन भएको हो ।

सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनलाई मुटुमा एक्कासी समस्या भएपछि नागरिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

निर्जीवन बीमा कम्पनीमा दुई दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।