रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ, ८ कात्तिकः पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

उनीहरूलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । कास्कीका एसपी श्यामबावु ओलियोले उनीहरूउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । पूर्वडीआईजी जोशी यसअघि असोज ६ गते नै पक्राउ परेका थिए ।