नेपाल एएफसी यु-१७ एसियन कप छनोटको पहिलो खेलमा जापानसँग ९-२ गाेलले पराजित

 नेपालले एएफसी यु-१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९-२ को पराजय बेहोरेको छ ।

बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो ।

नेपालले खेलको १२औं मिनेटमा सविनकुमार मगरको गोलमार्फत सुरुवाती अग्रता लियो । सुवास बमको क्रसलाई सदुपयोग गर्दै सविनले जापानलाई चकित पार्दै गोल गरे । तर, जापानले छिट्टै पुनरागमन गर्दै १७औं मिनेटमा दाइची तानीको गोलबाट खेल बराबरीमा ल्यायो । तानीले ३८औं र ४३औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जापानका लागि हिरोता असादाले पनि १९ औं मिनेटमा गोल गर्दै अग्रता बढाए र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्दै जापानलाई ५-१ को अग्रता दिलाए । दोस्रो हाफमा जापानले आफ्नो दबाब झनै बढायो, जहाँ तानीले ६१औं मिनेटमा चौथो गोल गरे र असादाले ६४औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

७३औं मिनेटमा मिबुकी कासाइले अर्को गोल थपे भने कैजी चोनानले ७७औं मिनेटमा गोल गर्दै जापानको गोलसंख्या ९ पुर्‍याए ।

नेपालका तर्फबाट बिग्यान खड्काले ८८औं मिनेटमा अर्को गोल गरे तर त्यो मात्र सान्त्वना गोलमा सीमित रह्यो ।यो जितसँगै जापानले समूह ‘एफ’मा आफ्नो तीन अंक सुनिश्चित गरेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार कतारसँग प्रतिस्पर्धा गर्नेछ भने जापानले मंगोलियासँग खेल्नेछ ।

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट म्याच आजदेखि सुरु

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट म्याच आजदेखि सुरु

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

पुजा महतोको कप्तानीमा  महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा

पुजा महतोको कप्तानीमा महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेला…

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा सुधार

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा…

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा