चिनियाँ युवायुवती किन सन्तान जन्माउन चाहँदैनन् ?

काठमाडौँ,८ कात्तिकः चीन सरकारले लामो समयपछि 'एक सन्तान नीति' खारेज गरेको छ। तर पनि चीनको जनसङ्ख्या र प्रजननदर निरन्तर घट्दो क्रममा देखिन्छ।

केही महिनाअघि मात्र विश्‍वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चीनलाई भारतले उछिनिसकेको छ।यसै सन्दर्भमा बीबीसी चाइनिजले कुरा गरेकी एक महिलाले आफूले सन्तान जन्माउन नचाहनुको कारण बताएकी छन्।

बच्चा पाउनुपर्ने कुनै कारण मैले देखेकी छैन। सन्तानलाइ खुसी राख्न सक्छु चन्ने विश्वास मसँग छैन।चीन आफ्नानदेशका युवायुवतीले बढी सन्तान जन्माउन् भन्ने चाहान्छ।घट्दो जन्मदरमा सुधार होस् भन्ने उसको चाहाना चाहाना छ। तर लल जस्ता धेरै युवायुवती सन्तान जन्माउन नचाहाने बताउछन्। 

विश्वविद्यालयको पढाई गर्ने बेलामा मलाई आफु त्यो परम्परा मान्छु जस्तो लाग्थ्यो। आडिलो जागिर खोज्न विवाह गर्ने र परिवार बसाल्ने परम्परा। तर काम गर्न थालेपछि ममा अर्कै सोचाइ आएको छ।

सन २०१५ सम्म एका सन्तान निती कायम रहदा पनि विगत ३६ वर्षमा चीनको जनसङ्ख्या बढ्दै गयो। सन २०२२ मा चीनको जनसङ्ख्या १.४११ अर्व भएको बताइएको थियो। जुन एक वर्ष अघिको भन्दा ८‚४०‚००० कम थियो।

महिलाहरुको लागि उपलब्धि भन्दा बढी त्याग हो। यदि म गर्भवती वा सुत्केरी भएकी भए म काम गरिरहन सक्दिनथे। कामले गर्दा म स्वतन्त्र भएकी छु। दिउसो म चाहेको गर्न सक्छु। सन्तान जन्माउदा पक्कै पनि आथिक दवाव पनि आउछ। ध्यान खालि पैसामा मात्र हुन्छ।

विगत ३० वर्षमा चीनको जन्मदर निरन्तर घट्दो छ। २.५ सन्तान प्रति महिलाबाट १.२ स्थिर प्रजननदरका लागि प्रति महिला २।१ सन्तान हुनुपर्छ। विगतका केही दशकमा हाम्रो समाज तिव्र गतिमा विकास भएको छ। तर पुराना मान्यता खासै फेरिएका छैनन्। जस्तै “महिला घर बस्नु पर्छ र पुरुष काममा जानुपर्छ।” “छोरी भन्दा छोरा बेस।”

मेरो परिवारमा चार सन्तान छन्। सानो हुदा मलाई हजुरबुबा हजुरआमासँग बस्न पठाइयो। आफुले बुबा र उहाँको बुबाको हेरचाह गर्नुपर्ने आमाले मलाई सुनाउनु भएको थियो। आमाको पेटमा भाई थियो उहाँ आफुले सबै कुरा सहन नसक्ने बताउनु हुन्थ्यो। तर म छोरा भएको भए उहाँहरुले पठाउनु हुन्थ्यो कि हुन्नथ्यो भनेर म सोच्छु। म प्राथमिक विद्यालय जाने थालेपछि मात्र उहाँहरुकहाँ गए।

अचेल तपाइले सबैभन्दा पहिला आफ्नो ख्याल गर्नपर्छ। आफै बाच्न गार्हो भए बच्चा किन पाउनु र? ललका हजुरबुबा भन्छन्।

तर मलाई बालबच्चासँग समय बिताउन कुनै समस्या भएन। आफ्ना भाइबहिनीका सन्तानसँग खेल्न मलाई रमाइलो लाग्छ।

सकेसम्म उनीहरुलाई राम्रो शिक्षा पाउन सहयोग गर्थे। मआफ्ना हजुरबुबा हजुरआमासँग नजिक महसुस गर्छु होला। तर आफ्नै आमाबुबासँग भने आखा जुधाएर प्राय कुरा गर्न सक्दैनौ। उहाँहरु खालि मेरो विहे गरिदिन पाय आफ्नो काम पुरा हुने बताउनुहुन्छ।

चीनमा अचेल दम्पतीले तीन सन्तान जन्मारउन पाउछन्। शिशुस्याहार र शिक्षाको खर्च कम गर्न आफु प्रयासरत रहेको चीनले जनाएको छ।