दुई सातामै फिल्म ‘जारी’ लाई करोड भ्युज

गतवर्षको हिट फिल्म ‘जारी’ लाई युट्यवमा दर्शकहरुले निकै रुचाएका छन्। दसैँको अवसरमा सार्वजनिक गरिएको यस फिल्मलाई युट्युवमा १ करोड पटक हेरिएको हो।

समाचार तयार पार्दासम्म यस फिल्मलाई १ करोड ३१ हजार भ्युज आएको छ। २ लाख ६४ हजार लाइक आउदा १० हजारले कमेन्ट गरेका छ्न।

विशेषगरि, अडियन्सले फिल्मको मौलिक कथावस्तु र प्रस्तुतिकरणको निकै तारिफ गरेका छन्।

दुई साताअघि रिलिज भएको यो फिल्म सार्वजनिक भएदेखिनै ट्रेन्ड्रिङमा उक्लिएको थियो। केही महिनादेखि ट्रेन्डिङमा सर्ट्स भिडिओको वर्चस्वलाई जारीले उछिनेको थियो। अहिले पनि यो फिल्म ट्रेन्ड्रिङको दसौं स्थानमा छ।

जारी प्रथामा आधारित यस फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका छ। उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यो फिल्म गतवर्ष वैशाख १ गते हलमा रिलिज भएको थियो।

यस फिल्मले बक्सअफिसमा १७ करोड ३० लाखको व्यापार गरेको थियो।