आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा

आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।

विभागका अनुसार हाल देशभर पश्‍चिमी वायुको प्रभाव र स्थानीय वायुको पनि आंशिक प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ। आज राति कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।