अमेरिकी डलर र बहराइन दिनारको बढ्यो , कुबेती दिनारको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य थोरै बढेको छ। तर, अस्ट्रेलियन डलर, कुबेती दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने निकै घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा छ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।  आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९३ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा कायम भएको छ।

 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची