कलाकार तथा निर्माता सन्तोष सेनले दीपकले जवाफ दिएका हुन् ?

कलाकार तथा निर्माता सन्तोष सेनले दीपकराज गिरीको कडा आलोचना गरेका छन् ।

एक भिडियोमार्फत उनले आफूलाई साइबर सेनाको कमाण्डर भएको आरोप लगाएको भन्दै प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

सन्तोषले त्यति मात्रै होइन दीपकराज गिरीलाई आफूले नेपाली चलचित्र उद्योग धानेको छु भन्ने भ्रममा नबस्न सुझाव दिएका छन् । तयो सँगै उनले दीपकले ठूलो क्यानभाषमा सिनेमा नबनाएको, ठूलो बजेटमा चलचित्र नबनाएको, विदेशमा नेपाली चलचित्र लैजान प्रयास नगरेको पनि आरोप लगाएका छन् ।

सन्तोषले त्यति मात्रै पनि होइन बाहिर मिठो बोलेजस्तै भित्र पनि त्यस्तै सोच्न सुझाव दिँदै दिमागबाट होइन मनबाट बोल्न पनि आग्रह गरेका छन् ।

सन्तोषले दीपकराज गिरीबारे आगो ओकले पनि दीपकले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

सन्तोषको भिडियो आएपछि दीपकले सामाजिक सञ्जालमा जम्मा एउटा पोस्ट गरेका छन् । उनले ‘सकारात्मकताको यात्रा आफ्नै रफ्तारमा चलिरहेछ’ भन्दै सबैको दिन शुभहोस् भन्दै हलमा दर्शकसँगको सेल्फी खिचेका छन् । त्यसयता उनको कुनै पोस्ट आएको छैन ।

दीपकले सकारात्मक सोच राख भनेर सन्तोषलाई भन्न खोजेका हुन् वा होइन त्यो भने प्रष्ट छैन ।

उनले सन्तोषलाई कसरी जवाफ दिन्छन् वा मौन रहन्छन्, धेरैमा चासो रहेको छ । तर, दीपकराज गिरी पनि प्रतिक्रिया जनाउने व्यक्ति हुन् ।