साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ । बंगलादेशको चार अंक भएको छ भने भारतको तीन अंक रहेको छ ।पाकिस्तान भने एक अंकसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो । 

बंगलादेश र भारतबीचको बुधबारको खेलमा सबै गोल पहिलो हाफमा निस्किएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् । भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो । 

बंगलादेशले १८औं मिनेटमा अग्रता लिएको थियो । जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन् ।

२९औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन ।४३औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ३-० ले अघि बढेको थियो । ४४ औं मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन् ।तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बंगलादेश ३-१ को जीतका साथ समूह विजेता बन्न सफल भयो । 

यसैबीच, नेपाल रहेको समूह बीको खेल विहीबार हुने छ । नेपालले विहीबार श्रीलंकासँग खेल्दा भुटान र माल्दिभ्स आमने सामने हुने छन् ।  

पुजा महतोको कप्तानीमा  महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा

पुजा महतोको कप्तानीमा महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेला…

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

जिम्बाब्वेले टि २० आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोड्याे

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा सुधार

राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा…

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

अभ्यास खेलमा अमेरिका - एसँग नेपाली क्रिकेट टोलीकाे लज्जस्पद व्याटिङ

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

डेभिड वार्नरले भारतविरुद्धको सिरिज खेल्नको लागि टेस्टबाट संन्यास फिर्ता लिने

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

हङकङ सुपर सिक्सका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोलीको घोषणा

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन

विश्वकप जितेको खुसी, गितार बजाएर सेलिब्रेशन