प्रहरीले सीआईबी प्रमुखकै नाम र फोटो दुरुपयोग गरेर धम्की

प्रहरीले सीआईबीका प्रमुखकै नाम र फोटो दुरुपयोग गरेर विभिन्न व्यक्तिहरूलाई धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोकका ३० वर्षीय हेमकुमार खड्कालाई आइतबार पक्राउ गरेको हो।

खड्काले मोबाइलको कलर आईडीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको नाम र फोटो प्रयोग गरी ब्युरोको कर्मचारी हुँ भन्दै फोन गरेर धाकधम्की दिने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।