देशमा अस्थिरता र अराजकता फैल्याउन खोज्ने तत्वहरू सक्रिय भए :  प्रधानमन्त्रीओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा अस्थिरता र अराजकता फैल्याउन खोज्ने तत्वहरू सक्रिय भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले देशमा अराजकता फैल्याउने र अस्थिरता ल्याउने कोसिस भएको जिकिर गरेका छन् । भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा राख्नेहरूले मतियार जोगाउने उद्देश्य अराजकता मच्चाउन खोजेको बताए ।

‘देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं’, उनले भने, ‘सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर अघि बढ्छ । कुनै किसिमको अराजकता देशलाई स्वीकार्य छैन ।’

उनले अफवाह, झूट र अराजकताले सामाजिक संरचनामा खलबल्याउने कोसिस भइरहेको भन्दै यसतर्फ सरकार सचेत रहेको पनि बताएका छन् ।