राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा सुधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशलले ९९औं स्थानमा उक्लिएका छन् ।

सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले १ अर्धशतक सहित सर्वाधिक १ सय ४२ रन बनाएका थिए ।ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल ४ स्थान सुधार गर्दै ५९औं तथा २ स्थान सुधार गर्दै आसिफ शेख ६९औं स्थानमा छन् ।

टि ट्वान्टी आईको बलिङ वरियता तर्फ भने दीपेन्द्रसिंह ऐरी भने ६२औं स्थानमा छन् । सोमपाल कामी ३ स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ भने दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् ।