प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन्।

बैठक अहिले ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।