स्वास्थ्य मन्त्रालय र मातहत निकायमा रहेका ३९ जना कर्मचारीको सरुवा(सुचिसहित)

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा प्रशासनिक पदमा रहेका ३९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ ।

सोमबार मन्त्रालयले एकै स्थानमा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई अन्यत्र सरुवा गरेको हो । मन्त्रालयले शाखा अधिकृत, तथ्यांक अधिकृतको सरुवा र पदस्थापन गरेको छ । 

यसैगरी, केही नायब सुब्बाको सरुवा तथा पदस्थापन भएको छ । खरिदार तर्फ पनि मन्त्रालयले तीन जनाको सरुवा र १ जनाको पदस्थापन गरेको जानकारी दिएको छ ।  

यी हुन् सरुवा तथा पदस्थापन भएका कर्मचारी 
मन्त्रालयले शाखा अधिकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रामप्रसाद ओलीलाई स्वास्थ्य सेवा विभाग, टेकुमा सरुवा गरेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा कार्यरत सुरेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

शाखा अधिकृत सुरेश खनाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । उनी स्वास्थ्य सेवा विभाग टेकुमा थिए । स्वास्थ्य सेवा विभाग, टेकुमा कार्यरत यादव प्रसाद सापकोटालाई औषधि व्यवस्था विभाग काठमाडौँमा तानिएको छ भने राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा कार्यरत लीला देवी प्रसाईँलाई स्वास्थ्य सेवा विभाग टेकुमा सरुवा गरिएको छ ।

यस्तै औषधि व्यवस्था विभाग काठमाडौंमा कार्यरत लीला देवी अर्याल बास्तोलालाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रिता खतिवडालाई कोशी अस्पताल, विराटनगरमा पदस्थापन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बाबु राम भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या्या मन्त्रालयमै पदस्थापन गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत विनोद सापकोटा र गौरी प्रसाद आचार्यलाई स्वास्थ्य सेवा विभाग टेकुमा पदस्थापन गरिएको छ । 

यस्तै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुमा कार्यरत तथ्यांक अधिकृत पुष्पराज जोशीको सरुवा स्वास्थ्य सेवा विभागमा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका शिवलाल शर्मालाई राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुमा पदस्थापन गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका नायब सुब्बा ठाकुर प्रसाद अधिकारीको सरुवा स्वास्थ्य सेवा विभाग टेकुमा गरिएको छ ।

स्वास्थ्य सेवा विभाग टेकुका निशेन्द्र पौडेललाई औषधि व्यवस्था विभाग, काठमाडौँमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत सावित्रा भट्ट दुवाडीलाई मानसिक अस्पताल, ललितपुर सरुवा गरिएको छ । यसैगरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सरोज गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुका शेर बहादुर खड्काको सरुवा भने स्वास्थ्य सेवा विभाग, टेकुमा गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सीताराम दाहालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पदस्थापन भएको छ । यस्तै राष्ट्रिय औषधि प्रयोगशाला, बिजुली बजारका नायब सुब्बा गंगा पौडेलको सरुवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको छ ।

औषधि व्यवस्था विभाग, विजुलीवजारका महेश भट्टराई लाई राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुमा सरुवा गरिएको छ । औषधि व्यवस्था विभाग विजुलीवजारमा कार्यरत राजेन्द्र तिम्सिनाको पशुपति होमियोप्याथिक चिकित्सालय ललितपुरमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै औषधि व्यवस्था विभाग विजुलीवजारमा कार्यरत विष्णु प्रसाद पन्थीको चि.वि.रा.प्र. वीर अस्पताल नर्सिङ क्याम्पस काठमाडौँमा सरुवा गरिएको छ । औषधि व्यवस्था विभाग विजुलीवजारमै कार्यरत सीता देवी आचार्य लुइँटेलको पशुपति होमियोप्याथिक चिकित्सालय ललितपुरमा सरुवा गरिएको छ ।

औषधि व्यवस्था विभाग विजुलीवजारमा रहेकी विष्णु रायमाझीको राष्ट्रिय औषधि प्रयोगशाला बिजुलीबजारमै सरुवा गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा कार्यरत रूपा घिमिरेको पनि सरुवा औषधि व्यवस्था विभाग, बिजुली बजारमा गरिएको छ ।

चि.वि.रा.प्र. वीर अस्पताल नर्सिङ क्याम्पस काठमाडौँमा कार्यरत वसन्त कमल आचार्यको औषधि व्यवस्था विभाग बिजुली बजारमा सरुवा गरिएको छ । यस्तै मानसिक अस्पताल ललितपुरमा कार्यरत रमेश प्रसाद कँडेलको औषधि व्यवस्था विभाग, बिजुली बजारमा सरुवा गरिएको छ ।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै कार्यरत सिताकुमारी मैनाली रिजालको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा पदस्थापन गरेको छ । मन्त्रालयमै लामो समय काम गरिरहेका मुरारी दुलाल उपाध्यायको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा पदस्थापन गरिएको छ ।

यस्तै औषधी व्यवस्था विभाग शाखा कार्यालय, विरगंजका वीरेन्द्र महतोको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा सरुवा भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका भीम बहादुर थापाको औषधी व्यवस्था विभाग शाखा कार्यालय विरगंजमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गिरिराज खतिवडाको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकुमा पदस्थापन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै यादव प्रसाद बस्यालको आयुर्वेद चिकित्सालय नरदेवीमा पदस्थापन गरिएको छ । मन्त्रालयमै कार्यरत यदुनाथ जोशीको डडेलधुरा अस्पताल, डडेल्धुरामा पदस्थापन गरिएको छ ।

यसै गरी मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत खरिदार राजन आचार्यको चि.बि.रा.प्र. वीर अस्पताल काठमाडौँमा सरुवा गरेको छ भने चि.वि.रा.प्र., राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा कार्यरत मीन बहादुर थापा मगरको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरुवा गरेको छ ।

यस्तै चि.वि.रा.प्र., राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँका विजयराज तिमल्सेनाको कान्ति बाल अस्पताल काठमाडौँमा सरुवा गरिएको छ । मन्त्रालयले शाखा अधिकृत डिग बहादुर विष्टलाई स्वास्थ्य सेवा विभागबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा सरुवा गरेको छ । 

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सुब्बा हेमचन्द्र निरौलालाई कोशी अस्पताल विराटनगर, सुशील प्रसाद यादवलाई नारायणी अस्पताल पर्सा पदस्थापन गरिएको छ भने स्वास्थ्य मन्त्रालयमै कार्यरत खरीदार कमला अधिकारीलाई चि. वि. रा. प, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा पदस्थापन गरिएको छ भने वीर अस्पताल काठमाडौँमा कार्यरत शिनियर अ.हे.व टिकाराम पनेरुलाई पशुपति होमियोप्याथिक चिकित्सालय ललितपुर काजमा पठाएर वीर अपतालमै कार्यरत युवराज सुवेदीलाई कमानसीक अस्पताल ललितपुर पठाइएको छ ।