ढोका नै फुटाल्ने गरि छापा हानेपछि धनगढी प्रकाश भाटको घरबाट ११ जुवाडे समातिए

सामान्यतया जुवातास खेलेको आरोपमा समातिएकालाई केही दिन थुनिन्छ। त्यसपछि जुवा तथा जुवाडेको प्रकृति अनुरुप थप कारबाही प्रक्रिया अगाडि बढाइन्छ।

उसो त कैलाली प्रहरीले जुवामा करिब एक हप्ता अथवा आधा हप्ता थुनेर मुद्दा किनारा लगाउने परम्परा बसालेको छ। अहिलेसम्म त्यहीँ प्र्याक्टिस गर्दै आएको छ।

तर, नेपाल हो, जे पनि हुनसक्छ भन्ने प्रचलित भनाईअनुरुप कैलालीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित जिल्लाका सुरक्षा निकायका ३ जना एसपी नै गएर मध्यराति समातिएका जुवाडे भने एकदिनमै छुटेका छन्।

प्रहरी प्रशासनमा सेटिङ गराएको दाबी गर्दै जुवा खेलाउने जुवाघरमा सोमबार कैलालीका सिडिओ मिश्र आफैं पुगेर छापा हानेका थिए। दलबलबीच उनले घरको ढोका नै फुटाल्ने गरि छापा हानेपछि धनगढी उपमहानगरपालिका वडा नं ५ स्थित हसनपुरमा प्रकाश भाटको घरबाट ११ जुवाडे समातिए।

जसमा घरमालिक भने परेनन्। स्रोतका अनुसार उनी छापा हान्ने क्रममा घरबाहिर थिए। जसक्रममा प्रहरी टोली लगाएर सिडिओले घरबाट १० गड्डी तास र १ लाख ५३ हजार ३ सय ५० नगद बरामद पनि गराए। लगत्तै उनीहरूलाई कैलाली प्रहरीले थुनामा राख्यो।

तर प्रहरी हिरासतमा १ दिनमात्र बिताएर उनीहरू राजनैनिक पहुँचको भरमा छुटेका छन्। एकदिनमै छुटेपछि सिडिओसहित ३ जना एसपी (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) लाई भने उनीहरूले गिजज्याएका छन्।

केहीले त सनकमा आएर छापा हानिएको र पछि छोड्नुपरेको पनि आरोप लगाएका छन्। यद्यपि जुवाडेहरु भने अदालतमा धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कसले कति बुझाए धरौटी ?

धनगढी उप-महानगरपालिका ३ बस्ने बर्ष २४ को रोहित सिजापती: २० हजार
ऐ.ऐ.१३ बस्ने बर्ष ४७ को हरि प्रसाद बडायर जैशी: २० हजात
ऐ.ऐ.४ बस्ने बर्ष ३४ को रोशन सिंह: ४० हजार
ऐ.ऐ.१ बस्ने बर्ष ३४ को नबिन लोहनी: २० हजात
ऐ.ऐ.बस्ने बर्ष ४१ को मकर नेपाली: २० हजात
ऐ.ऐ.४ बस्ने बर्ष ३७ को चुडामणी गौतम: २० हजार
ऐ.ऐ.१ बस्ने बर्ष ३० को कमल विक: २० हजार
ऐ.ऐ.२ बस्ने बर्ष ३१ को अंकित लामीछाने: २० हजार
ऐ.ऐ.४ बस्ने बर्ष ३९ को अरुण पाठक: २० हजार
ऐ.ऐ.७ बस्ने बर्ष ३२ को प्रेम चौधरी: ४० हजार
ऐ.ऐ.बस्ने बर्ष ३३ को सन्तराम राना: २० हजार