सहकारी ठगीबाट जोगिन कागजी डिभोर्स गरेका धनराजले गरे कुतर्क

मान्छे गल्ती ढाकछोप गर्न एकपछि अर्काे गल्ती गर्छ। त्यसको चरितार्थ बनेका छन् कांग्रेस उपसभापति एवं पूर्वकानुनमन्त्री धनराज गुरुङ।

सहकारी ठगी प्रकरणबाट जोगिन श्रीमती ज्योतिसँग कागजी डिभोर्स गरेका धनराजका एकपछि अर्काे कर्तुत बाहिरिन थालेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति बनेपछि गुरुङ पनि सहकारी ठगीमा संलग्न रहेको बाहिरिएको थियो, गत जेठमा। ललितपुरको मितेरी सहकारीको १४ करोड  हिनामिनामा गुरुङकी श्रीमति ज्योती गुरुङ फरार छन्। उनी सहकारीको व्यवस्थापक थिइन्। यो विषय बाहिर आएपछि धनराजले ०७६ मै डिभोर्स गरिसकेको बताएका थिए। गुरुङले ‘झुट’ कुरा बोलेको पुष्टि भएको थियो।

तर, ०७७ सालमा सोही सहकारीमा ऋण लिँदा पनि श्रीमतीको नाम उल्लेख गरेका थिए। उनले ०७७ मा उनले सोही सहकारीबाट १२ लाख रुपैयाँ व्यक्तिगत ऋण लिएको पाइएको थियो। ऋण लिँदा हकदाबीवालाको नाममा ज्योतिलाई नै श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् । त्यति मात्र होइन २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगमा भरेको विवरणमा पनि उनले श्रीमतीको नाम उल्लेख गरे। 

पछि धनराजले अर्काे झुट बोले। सगोलको ऋण तिर्न नाम उल्लेख गरेका हु भनेर। ऋणी भागेपछि जमानीका हिसावले आफूले ऋण तिरेको दाबी उनले गरे। त्यतिखेर प्रश्न पनि उठेको थियो, धनराजले ऋण तिर्न यतिधेरै पर्सा कहाँबाट ल्याए। धनराजले भने घर बेचेर ऋण तिरेको दाबी गरे।

फेरि अर्काे झुट बाहिर आएको छ। धनराजले २०८१ बैशाख र जेठमा सुटुक्क सहकारीको ऋण तिरेका थिए। 

ऋण भने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ९१ लाख २६ हजार तिरिदिएको पाइएको छ। अहिले धनराजले मीनबहादुरसँग ऋण लिएको दाबी गरिरहेका छन्। मीनबहादुरले धनराजलाई ऋण दिएको दाबी गरेपनि यसमा लेनदेनको आशंका गरिएको छ।

धनराज कानुनमन्त्री रहेका बेला मीनबहादुर पक्राउ परेका थिए। धनराज २१ बैशाख, २०८० मा कानूनमन्त्री बनेका थिए। गुरुङमन्त्री रहेका बेला ११ भदौ २०८० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  मीनबहादुरसहितमाथि ललितानिवास प्रकरणमा मुद्दा चलाएको थियो। उनी पछि उनी धरौटीमा रिहा भए । यो बेला मीनबहादुरलाई धरौटीमा छुटाउन गुरुङले चलखेल गरेको आशंका गरिएको छ। धनराज कानुनमन्त्रीबाट बाहिरिएछि मीनबहादुरले ऋण दिइएको पाइएको छ।

धनराज सहकारी ठगीमा संलग्न रहेको पाइए पनि उनीमाथि अनुसन्धान नै भएको छैन। रास्वपा सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेपछि रास्वपाका नेताहरुले गुरुङमाथि कारबाहीको माग गरिरहेका छन्। तर, गुरुङ भने पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरिरहेका छन्।