वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रास्वपालाई रवि जोगाउने चिन्ता, माधव नेपाललाई पार्टी फुट्ने भय 

प्रतिपक्षी दललाई झडका लागेको छ। प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी गठबन्धनलाई गोलवद्ध गरिरहेका बेला सरकारी कदमले तितरवितर बनाइदिएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीको सम्पूर्ण शक्ति पोखरामा छ। संसदको विशेष अधिवेशन माग गरिरहेको रास्वपा अहिले जसरी पनि सभापति लामिछानेलाई जोगाउने धाउन्नमा छ। संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरीले रविलाई गत शुक्रबार पक्राउ गरेको थियो।  गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका रविको समूहले सूर्यदर्शन, सुप्रिमसहित पाँच सहकारीबाट ६५ करोड अवैध रुपमा ग्यालेक्सी टिभिमा लगानी गरेको पाइएको छ। रास्वपाले रवि सहकारी प्रकरणमा निर्दाेष दाबीसहित सरकारले राजनीतिक प्रतिशोध सोधेको दाबी गरिरहे पनि मुद्दा जटिल छ। 

https://barnanmedia.com/news/detail/199707/ 

प्रहरीको अनुसन्धानमा विश्वास गर, सडकबाट बिथोल्ने प्रयास नगर 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिखेर कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । हिरासतमा के भन्नु ? प्रहरीले विशेष सेवा, सुविधा र सत्कारका साथ राखेको छ । यद्यपि उनी सहकारी ठगीका आरोपी हुन् । सहकारीको रकम ठगी गर्दा उनले तहतहका सञ्जाल बनाई अपराधको साङ्लोमार्फत आमनागरिकको ठूलो रकम खाइदिएको भन्ने मुख्य आरोप छ । त्यसैले उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउने तयारी पनि भएको छ । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समातिएका उनी अब चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौँको स्वर्णलक्ष्मी लगायत सहकारी ठगीको अनुसन्धानमा पनि तानिन सक्नेछन् । गोरखा मिडियामा आएको रकम हिनामिनामा आफू जिम्मेवार रहेको र त्यसको अनुसन्धानका लागि सघाउन आफू तयार रहेको कुरा उनले यसअघि सार्वजनिकरुपमै बताइसकेका छन् ।  

https://barnanmedia.com/news/detail/199709/ 

ट्रान्सफर्मरमा पनि कुलमानको गडबडी सतहमा आउँदै 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरिसकेको छ । प्राधिकरणको विगत ४ वर्षको वित्तीय विवरण, ट्रान्सफर्मर खरिद विवरण, कर्मचारी विवरणलगायत माग गरी स्पष्टीकरण सोधिएपछि घिसिङका थप गडबडी सतहमा आउँदै छन् ।घिसिङले ट्रान्सफर्मर खरिद प्रक्रियामा अनियमितता गरेको आशंकासँगै विभिन्न बोलपत्रमार्फत् खरिद गरी स्टोरमा रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण पनि मन्त्रालयले माग गरेपछि थप प्राधिकरणमा खैलाबैला मच्चिएको छ ।  भक्तपुरको खरिपाटीमा अर्बौंको ट्रान्सफर्मर अलपत्र रहेको र हेटौंडा केन्द्रीय स्टोरका ट्रान्सफरमा झार नै उम्रिएको पाइएको छ । सार्वजनिक लेखा समितिले पनि यसबारे चासो देखाएको छ।

https://barnanmedia.com/news/detail/199816/ 

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।  टिकट काटेर पनि पटकपटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले बताउने गरेका छन् । चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोसित छन् । बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो । 

भिस्ताराको जहाजमा शंकास्पद् बस्तु भेटिएन 

 भिस्तारा एयरलायन्सको जहाजमा शंकास्पद् बस्तु फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको बताए। सर्च अपरेशनमा केही भेटिएन। सबै कुरा नर्मल पायौं। हल्ला गरेजस्तो केही भेटिएन,' उनले भने। शंकास्पद् बस्तु फेला नपरेपछि भिस्तारा एयरलायन्सको VTI155 कलसाइन भएको एयरबस नयाँ दिल्ली फर्किने तयारी गरेको छ। बमको सूचना आएपछि नेपाली सेनाको टोलीले जहाजमा सवार यात्रु, यात्रुका लगेज र जहाजको समेत परीक्षण गरेको थियो। सुरक्षाकर्मीले कुकुरसहितको टोली परिचालन गरेर सर्च अपरेशन गरेको थियो। चेकजाँचमा केही नभेटिएपछि यात्रुहरूलाई पनि लगेज दिएर पठाएको प्रवक्ता शेर्पाको भनाइ छ।

भौतिक मन्त्रालयमा सय दिनमा के के भए प्रगति ?

भौतिक पूर्वाधार मन्त्रालयको सय दिनको कार्यप्रगति खासै उल्लेख्य देखिँदैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेको दिनदेखि यता बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध दिनहुँजस्तो भयो । सडक दुर्घटनामा कुनै कमी आएन ।  मन्त्री दाहालले असार ३१ गते भौतिक मन्त्रालयको पदभार ग्रहण गरेका थिए । त्यसयता भौतिक पूर्वाधार मन्त्रालयले गर्नुपर्ने खास उल्लेखनीय काम भने हुन सकेको देखिँदैन । उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा मन्त्रालयले सामना गर्नुपर्ने थुप्रै चुनौती छँदै थिए । नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन – पोखरा, सडकमा वर्षेनी पहिरो खसेर ठुलो दुर्घटना हुने समस्या समाधान गर्ने प्रमुख चुनौती थियो । यी सडक खण्डको विस्तार वर्षौंदेखि अलपत्र छँदैछ । 

यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू 

 

 रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगत/कानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ ।  वर्तमान सरकार गठन भएको सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यसअवधिमा विभिन्न नौ क्षेत्रमा ५६ भन्दाबढी काम सम्पादन भएको जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको र सय दिनको अवधिमा १ दशमलव ०४ प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ । 

अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्ण: राष्ट्रियसभा अध्यक्ष दाहाल 

 राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको परराष्ट्र नीति, संवैधानिक व्यवस्था तथा शान्ति प्रक्रियाका बारेमा विश्वसमुदायलाई जानकारी दिन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल भएको बताउनुभएको छ । .अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को एक सय ४९औँ महासभामा सहभागी भई स्वदेश फर्केपछि आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुदृढीकरण र अन्तर्राष्ट्रिय मुद्दाको समाधान खोज्नका लागि सहकार्य र साझेदारी गर्न आइपियुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । औपचारिक सम्बोधनका साथै विभिन्न बैठकमा आइपीयूका अध्यक्ष र महासचिव, स्वीट्जरल्याण्डको सङ्घीयसभा नेसनल काउन्सिलका अध्यक्ष तथा अन्य राष्ट्रका समकक्षीसँगका भेटघाट विश्वसमुदायमा नेपालको सम्बन्ध विस्तार र उपस्थितिका लागि महत्वपूर्ण रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

 चर्को आवाजमा गीत, श्रवणशक्ति गुम्ने जोखिम  

डीजेमा बजाएको ठूलो आवाजले गम्भीर रोगको जोखिम बढाउने एक अध्ययनले जनाएको छ । अध्ययनका अनुसार डीजेले कसैलाई हृदयघात हुनसक्ने जनाएको छ ।n हालै भारतको मध्य प्रदेशको राजधानी भोपालमा डिजेको चर्को आवाजका कारण एक १३ वर्षीय बालकको मृत्यु भएको थियो । दुर्गाका मूर्ति विसर्जनका लागि जाँदै गरेको चलिरहेको कार्यक्रममा उनी नाच्दै थिए तर ठूलो आवाजका कारण उनी डिजेबाट खसेर मृत्यु भएको हो । यस प्रकारको यो पहिलो घटना होइन, यसअघि पनि भारतका विभिन्न स्थानमा चर्को डीजेको आवाजका कारण हृदयघात वा मृत्यु भएको खबर आएको थियो । 

पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी 

चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ । सम्मेलनलाई क्रेमलिनले पश्चिमी उदार व्यवस्थाको विरोध गर्ने केन्द्रविन्दु बनाउन खोजेको छ ।  रूसी राष्ट्रपति पुटिनका लागि तीन दिने यो सम्मेलनले युक्रेनमा रूसको कारबाहीका कारण रूसलाई एक्ल्याउने अमेरिका नेतृत्वको प्रयासहरूको असफलता देखाउने शक्तिशाली माध्यम पनि प्रदान गर्नेछ । क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले ३६ देशको सहभागिता र २० भन्दा बढी देशका राष्ट्र प्रमुखहरूको प्रतिनिधित्वसहित यस शिखर सम्मेलनलाई ‘रूसद्वारा आयोजित सबैभन्दा ठूलो विदेश नीति कार्यक्रम’ भन्दै प्रशंसा गर्नुभयो ।

गगन थापा लागे दिल्ली 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका छन् । महामन्त्री थापा मंगलबार साँझ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।महामन्त्री थापा भारतको नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा भाग लिनेछन् । मंगलबार शुरू भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । उनी केही दिनपछि नेपाल फर्किनेछन्

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग 

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि रु आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिनुभयो । उहाँले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

कसरि आयाे बिमानमा बमको धम्कीकाे सुचना ? 

 भिस्तारा एयरको बिमानमा बम राखिएको धम्कीपूर्ण सूचना एक भारतीयले विमानको सक्युरिटीलाई दिएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी समेत रहेका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार ह्वाट्सएपमा कल तथा म्यासेज गरेर उनले उक्त ‘सूचना’ दिएका हुन् । विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको र उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेको भुलले जानकारी दिए । अपरान्ह साढे ४ बजे ल्यान्ड भएको उक्त विमानमा कुल १५७ यात्रु थिए । 

 पश्चिमी देशहरूसँग आणविक हतियार नमागेको युक्रेनको स्पष्टीकरण

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसविरुद्ध आफ्नो मुलुकको रक्षाका लागि पश्चिमी साझेदारहरूसँग आणविक हतियार माग नगरेको बताउनुभएको छ ।  “हामीले आणविक हतियार दिनुपर्छ भनेर माग गरिरहेका छैनौँ”, उहाँले केही दिनअघि किएभले या त नाटो सदस्यता वा आणविक हतियार खोज्ने सङ्केत गर्नुभएपछि पत्रकारहरूलाई भन्नुभयो ।   सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदा युक्रेनले विश्वको तेस्रो ठूलो आणविक हतियार भण्डार प्राप्त गरेको थियो । रुस र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा ग्यारेन्टी प्राप्त गरेपछि तीन वर्षपछि उसले ती हतियारहरू समर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीको पुत्ला दहन 

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । माओवादी निकट विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहनसहित मसाल जुलुस निकालेको हो ।  ले सरकारको गलत कदमका विरुद्ध प्रदर्शन गरिएकाे  उनीहरुले बताएका छन् । 

उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन 

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै उहाँले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा स्वास्थ्यविद् डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहनुभएको छ ।

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान 

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताउनुभएको छ ।  अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उहाँले बताउनुभयो ।द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उहाँले भन्नुभयो, “एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।”​​​​​​​ जयशङ्करले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् । 

१३ हजार किलोमिटर पार गरी रोनाल्डो भेट्न पुगे समर्थक 

चीनबाट १३ हजार किलोमिटर पार गरी मोटरसाइकलमा भेट्न आएका समर्थकलाई पोर्चुगिज सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले भेट गरेका छन् ।  मोटरसाइकल चढेर आफ्नो देशबाट साउदी अरेबिया पुगेका ती समर्थकलाई रोनाल्डोले भेटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  ती चिनियाँ युवा ६ महिना २० दिन मोटरसाइकलमा यात्रा गरेर साउदी पुगेको बताइएको छ । उनको नाम भने खुलाइएको छैन । ​​​​​​​