गगन थापा लागे दिल्ली

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका छन् ।

महामन्त्री थापा मंगलबार साँझ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।महामन्त्री थापा भारतको नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा भाग लिनेछन् ।

मंगलबार शुरू भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । उनी केही दिनपछि नेपाल फर्किनेछन्