१३ हजार किलोमिटर पार गरी रोनाल्डो भेट्न पुगे समर्थक

चीनबाट १३ हजार किलोमिटर पार गरी मोटरसाइकलमा भेट्न आएका समर्थकलाई पोर्चुगिज सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले भेट गरेका छन् । 

मोटरसाइकल चढेर आफ्नो देशबाट साउदी अरेबिया पुगेका ती समर्थकलाई रोनाल्डोले भेटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

 

ती चिनियाँ युवा ६ महिना २० दिन मोटरसाइकलमा यात्रा गरेर साउदी पुगेको बताइएको छ । उनको नाम भने खुलाइएको छैन । 

रोनाल्डो हाल साउदीको क्लब अल नासरबाट व्यावसायिक फूटबल खेलिरहेका छन् ।