आज राति कोसी , गण्डकी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने

हाल देशभर पश्चिमी वायुको प्रभाव छ भने स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण यतिबेला (मंगलबार साँझ) पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मुख्यतया सफा छ।कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार राति पनि देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  

यस क्रममा कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।आंशिक बदली भनेको आकाशमा पातलो बादल लाग्नु हो भने मौसम मुख्यतया सफा भनेको लगभग आकाश खुला हुनु हो।