भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल भन्सारबाट फिर्ता पठाइयाे

 भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ । 

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको हो ।

दाललाई बाँकेको कोहलपुरस्थित प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले कात्तिक ४ गते भित्र्याएको थियो । दालमा 'कोल टार डाई' बाह्य रंग प्रयोग भएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कुनै पनि किसिमको दालमा बाह्य रंग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।