साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउने

नेपाली फुटबल टिमको आधिकारीक जर्सी स्पोन्सर केल्मीले साफ महिला च्याम्पियनसिपलाई मध्यनजर गर्दै जर्सीमा भारी छुटको व्यवस्था गरेको छ ।

साफ च्याम्पियनसिप भर जर्सी किन्न जाने दर्शकले ३३ प्रतिशत छुट पाउनेछन् । यो योजनाअनुसार तीन हजार रुपैयाँ पर्ने जर्सी अब दुई हजारमा पाउनुहुनेछ । 

नेपाली फुटबल टिमको जर्सी रातो र नीलो गरी दुई रंगमा उपलब्ध छ ।