सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन

 सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ ।

सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ ।  सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले कास्की जिल्ला अदालत अगाडि पीडित रकम फिर्ता माग गर्दै विरोध गरेका हुन् । 

प्रहरीले सरकार वकिलको कार्यालय अगाडिको विरोध गर्न नदिएपछि  अदालत अगाडि पुगेर विरोध गरेको पीडित संर्घष समितिले संयोजक विजय नेपालले बताए ।