सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने भएको छ। विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको सडक आन्दोलनको घोषणा गरेको हो।

पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटीलाई खबरदारी सभाको तयारीमा जुट्न निर्देशन दिइसकेका छन्।

प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्षसहित खबरदारी सभा गर्न लागेको जनाएको छ।

काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शन सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गर्ने माओवादीले जनाएको छ।

किन खबरदारी सभा ?