कांग्रेस–एमालेको घुसपैठिया गरेकाे आरोपमा रास्वपाका नेता कुटिए

राजनीतिक प्रतिशोध भन्दै सभापति रवि लामिछानेका पक्षमा पोखरामा भइरहेको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले घुसपैठिया भन्दै आफ्नै नेतालाई रगताम्य हुनेगरी कुटपिट गरेको पुष्टि भएको छ।

घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो।

पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको स्वीकार गरेका छन्। मुक्का प्रहारबाट मुख फुटेपछि २ टाँका लगाइएको पौडेलले बताएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन्।

रास्वपा सांसद हरि ढकालको अगाडि उनीमाथि कांग्रेस–एमालेको घुसपैठिया भनी निर्घात कुटपिट भएको थियो।