सम्राट र प्रितीको स्वरमा यो मायालाई फकाउन’ सार्वजनिक

सम्राट किरण र प्रिती घिमिरेको स्वरमा रहेको गीत ‘यो मायालाई फकाउन’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विषम आचार्य म्युजिक प्रोड्युसर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरीको नोकझोक देख्न सकिन्छ । भिडियोमा प्रसान्त तामाङको निर्देशन तथा कोरियोग्राफी विनोद बमको सम्पादन र गोपाल राया छायांकान छ ।