त्यो भिड लामिछाने क्लबका सदस्यहरूको हो : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले आफू एक्लै भए पनि पार्टी सिद्धान्तको अस्तित्व  बचाएर बसेको दाबी गरेका छन् । 

फेसबुकमा स्टाटस 

म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक ।पार्टीको खास नाम अनुसार । आज रास्वपामा कोही छ त, म छु । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दा माथी कोहि छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु । कृपया मिडियाका साथीहरुले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिँड रवि लामिछाने क्लवका सदस्यहरुको हो ।

रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा “विधिको शासन” ।🔔