गण्डकीको वन मन्त्रालयमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई मन्त्री नियुक्त गरेका हुन् । पौडेल शेखरनिकटका हुन् ।

वरियतामा असन्तुष्ट जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो । आज अपरान्ह साढे ४ बजे शपथको तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।