नेपाल प्रिमियर लिग : स्कटल्यान्डका अलराउन्डर म्याकमुलन सुदूरपश्चिमबाट खेल्ने

नेपाल प्रिमियर लिग(एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलनलाई अनुबन्ध गरेको छ ।

टोलीले सोमवार सामाजिक संजालमार्फत म्याकमुलनलाई अनुबन्ध गरेको जनाएको छ । जगत टमाटा प्रशिक्षक रहेको सुदूरपश्चिमकको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडीको रुपमा २५ वर्षीय म्याकमुलनलाई अनुबन्ध गरेको हो । उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

सुदुरपश्चिम रोयल्सको टोली

दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ