भारतकी सबैभन्दा धनी अभिनेत्रीमा चुही चावला

भारतकी सबैभन्दा धनी अभिनेत्रीमा चुही चावला बन्नुभएको छ ।

समकालीन र अहिलेका चर्चित अभिनेत्रीहरूलाई उछिन्दै उहाँले धनाढ्य अभिनेत्रीको शीर्षस्थान ओग्टन सफल हुनुभएको हो । ‘हुरुन रिच लिष्ट २०२४’ को सूचीमा चावला पहिलो स्थानमा हुनुहुन्छ । उहाँको कूल सम्पत्ति ५८० मिलियन डलर अर्थात् चार हजार ६ सय करोड भारतीय रुपैयाँ छ । सन् २०२४ को हुरुन रिच लिष्ट अनुसार, उहाँको सम्पत्ति उहाँको साथी र व्यापार साझेदार शाहरूख खानपछि दोस्रो स्थानमा छ ।

यदि जुहीपछिका पाँच धनी भारतीय अभिनेत्रीको कुल सम्पत्ति एकसाथ जोड्ने हो भने यो जुहीको सम्पत्तिभन्दा पनि कम हुनेछ । दोस्रो स्थानमा भने ८५० करोड भारुसहित ऐश्वर्या राय बच्चन हुनुहुन्छ । त्यस्तै, तेस्रो स्थानमा प्रियंका चोपडा हुनुहुन्छ । उहाँसँग ६५० करोड सम्पत्ति छ । चौथो र पाँचौंमा अहिलेका चर्चित अभिनेत्रीहरू आलिया भट्ट र दीपिका पादुकोण रहनुभएको छ ।

फिल्मसहित विज्ञापन र व्यवसाय यी अभिनेत्रीहरूका मुख्य आम्दानीका स्रोत हुन् । जुही भने पछिल्लो समय व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँको सम्पत्तिको ठूलो हिस्सा व्यापारबाट आउने गर्छ । उनको मुख्य आम्दानी रेड चिलिज समूहको प्रमुख लगानीकर्तामध्ये एक हो । जुहीले करोडपति व्यापारी पति जय मेहतालगायतसँग संयुक्तरूपमा व्यवसायमा पनि लगानी गर्नुभएको छ । जुहीसँग धेरै घरजग्गाको स्वामित्व पनि छ ।