कर्णाली प्रदेशमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

विश्व्यापीमहामारी रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण संख्या थप २२ जनामा पुष्टी भएको छ ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस क्रमित थपिएका छन् ।

दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । कर्णालीमा हाल सम्म कोरोना संक्रमण बाट ६ जनाको मृत्यु भइसकेको छ ।