५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेका छन् ।   नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।